मधेश प्रदेशका पर्यटकीय गन्तव्यमा शान्तिसुरक्षाको सुव्यवस्था मिलाउन पर्यटक प्रहरी थपिने भएका छन्।
वीरगन्ज– मधेश प्रदेशका पर्यटकीय गन्तव्यमा शान्तिसुरक्षाको सुव्यवस्था मिलाउन पर्यटक प्रहरी थपिने भएका छन्। स्वदेशी तथा विदेशी पर्यटकलाई सहजीकरण गर्न मधेश प्रदेशका प्रमुख गन्तव्यमा पर्यटक प्रहरी थपको प्रक्रिया प्रारम्भ भएको छ।
हाल जनकपुर र वीरगन्जमा मात्र पर्यटक प्रहरीको व्यवस्था भएकामा अब ठोरी गाउँपालिकामा नयाँ इकाई स्थापनाको प्रक्रिया प्रारम्भ गरिने भएको छ।
उक्त पालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले पर्यटक प्रहरीका निम्ति आवश्यक भौतिक पूर्वाधार उपलब्ध गराउन आफ्नो पालिका तयार रहेको बताए।
वीरगन्ज होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष हरि पन्तले पर्यटक प्रहरीको अभावमा मधेश घुम्न आउने विदेशी पर्यटकले सास्ती बेहोर्नु परेकाले त्यसो हुन नदिन थप सुरक्षाकर्मी परिचालन गर्न स्थानीय प्रशासनसँग आफूहरूले अनुरोध गरेको बताए। “यहाँका होटल व्यवसायीहरूले विभिन्न समयमा प्रहरीबाट अभद्र व्यवहारको सामना गर्दै आइरहेका छन्”, उनले भने, “त्यस्ता गतिविधि हुन नदिन जरुरी भइसकेको छ।”
मधेश प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक लालमणि आचार्यले मधेश प्रदेशमा पर्यटकीय क्षेत्रको सुरक्षाका लागि पर्याप्त सुरक्षाकर्मीलाई पर्यटक प्रहरीका रूपमा परिचालन गर्न सकिने बताए।
मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री शकिल अलि मियाँले प्रदेश सरकार पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेर अघि बढेको बताए। वीरगन्ज नाका हुँदै भारतीय पर्यटकहरू जनकपुर, गढीमाईलगायत यहाँका धार्मिकस्थलको भ्रमणमा जाने गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
