कुनै समय काम खोज्दै विदेश पलायन भएका उनी अहिले आफैँ अरुलाई रोजगारी दिइरहेका छन्।
बागलुङ– एक दशकभन्दा लामो समय वैदेशिक रोजगारीमा बिताएका बागलुङ नगरपालिका–७ कालिमाटीका ओमराज शर्मा अहिले स्वदेशमै उद्यमी बनेर राम्रो आम्दानी गरिरहेका छन्।
आफ्नै गाउँमा उनले सञ्चालन गरेको ग्रिन ल्यान्ड बहुउद्देश्यीय कृषि फार्ममा पाँच हजार कुखुरा छन्। यी कुखुराबाट उत्पादित अण्डा बिक्री गरेर मासिक डेढ लाख रुपैयाँ बचत गर्दै आएका छन्। आफ्नो कुखुरा फार्मबाट दैनिक पाँच हजार अण्डाको बजारीकरण भइरहेको उनले बताए।
“तीन हजार कुखुरा पाल्दै आएको थिएँ, हाल थप दुई हजारले अण्डा दिन शुरू गरेका छन्, दैनिक पाँच हजार अण्डा बजारमा बेच्ने गरेको छु,” उद्यमी शर्माले भने। बाह्र वर्ष कतार बसेर फर्किएका शर्मा कुखुरापालनमा आम्दानी र जोखिम बराबर रहेको बताउँछन्।
एक करोड ५० लाख लागतमा फार्म स्थापना गरी सञ्चालनमा ल्याएको बताउँदै उनले अण्डाको बजारीकरणका लागि बागलुङ बजारमा डिपो र एउटा पिकअप जिप राखेका छन्। कुनै समय रोजगारी खोज्दै विदेश पलायन भएका उनी अहीले आफैँ रोजगारी दिइरहेका छन्। उनको फार्ममा चार जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।
फार्मको कमाइबाट आफू सन्तुष्ट रहेको बताउँदै अहिले कर्मचारीलाई तलब खर्च कटाए मासिक एक लाख ५० हजार रुपैयाँ बचत हुने गरेको उद्यमी शर्माले बताए।
अण्डा बिक्रीका लागि बजार अभाव नभएको बताउँदै बाहिरबाट आउने अण्डाका कारण मूल्य भने अस्थिर हुने गरेको उनको भनाइ छ। किसानलाई स्थानीय सरकारले प्राविधिक सहयोग गर्नुपर्नेमा उनले जोड दिए।
कुखुरा पालनभन्दा गाईबाख्रा पाल्न सहज हुने उनको अनुभव छ। त्यसैले अब व्यावसायिक रूपमा गाई र बाख्रापालनको योजना कार्यान्वयनमा रहेको उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
