एनपीएलमा आज काठमाडाैँ र विराटनगर तथा पोखरा र सुदूरपश्चिम खेल्दै

जनकपुरले प्लेअफमा स्थान पक्का गरिसकेको छ। अब सुदूरपश्चिम, काठमाडौँ, कर्णाली र चितवनमध्ये ३ टोली प्लेअफमा पुग्नेछन्। 

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पनि दुई खेल हुँदैछन्। 

पहिलो खेल बिहान नौ बजे काठमाडौँ गुर्खाज र विराटनगर किंग्सबीच हुनेछ भने दिउँसो एक बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन्। दुवै खेल त्रिभुवन विश्वविद्यालयको मैदानमा हुनेछन्।

यसअघिका छ खेलमध्ये तीन खेलमा विजयी भएको काठमाडाैँको प्लेअफको सम्भावना कायमै छ। विराटनगर र पोखरा दुवैले छमध्ये दुई खेल मात्र जितेका छन्। त्यसैले दुवै टोली प्लेअफ प्रवेशको सम्भावना छैन। लुम्बिनी यसअघि नै बाहिरिसकेको छ।

सुदूरपश्चिमको भने यो छैटौँ खेल हो। यो टोली चार खेलमा विजयी भएको छ। लिग चरणको अन्तिम खेल भोलि सुदूरपश्चिम र कर्णालीबीच हुनेछ। ६ खेल खेलिसकेको कर्णालीले ४ मा जितेको छ। 

जनकपुरले प्लेअफमा स्थान पक्का गरिसकेको छ। त्यसैले अब सुदूरपश्चिम, काठमाडौँ, कर्णाली र चितवनमध्ये ३ टोली प्लेअफमा पुग्नेछन्।