यसबाहेक एबीसीले ट्रम्पको कानूनी शुल्कका लागि थप १० लाख डलर पनि दिनेछ। ट्रम्पले राष्ट्रपति चुनाव जितेपछि धेरै मुद्दामा अदालतबाट राहत पाएका छन्।
काठमाडाैँ– एबीसी न्युजले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मानहानीको मुद्दामा एक करोड ५० लाख अमेरिकी डलर (२ अर्ब रुपैयाँभन्दा धेरै) चुकाउनुपरेको छ।
एबीसी न्युजका चर्चित कार्यक्रम प्रस्तोता जर्ज स्टेफानोपोलोसले गत मार्च १० मा एक अन्तर्वार्तामा ट्रम्पलाई ‘बलात्कारका लागि जिम्मेवार’ भेटिएको टिप्पणी गरेका थिए। उक्त टिप्पणीलाई लिएर ट्रम्प अदालत पुगेका थिए।
एबीसी न्यूजका प्रवक्ताले कम्पनीले मुद्दा खारेज गर्न सम्झौता गरेकोमा खुशी प्रकट गरेका छन्। मुद्दा समाधानका सर्तअनुसार एबीसीले ट्रम्प फाउन्डेसन र संग्रहालय कोषमा उक्त रकम दान गर्नेछ। साथै कार्यक्रम प्रस्तोता स्टेफानोपोलोसले आफ्नो टिप्पणीको लागि खेद प्रकट गर्दै सार्वजनिक रूपमा माफी माग्नेछन्। साथै एबीसीले ट्रम्पको कानूनी शुल्कका लागि थप १० लाख डलर पनि दिनेछ।
ट्रम्पविरुद्ध उत्पीडनको मुद्दा भने चलिरहेको छ। तर यो बलात्कारको घटनाभन्दा फरक छ। २०२३ मा लेखिका ई जीन क्यारोलद्वारा ट्रम्पविरुद्ध उत्पीडनको मुद्दा दायर गरिएको थियो।
ट्रम्पले राष्ट्रपति चुनाव जितेपछि धेरै मुद्दामा अदालतबाट राहत पाएका छन्। गत महिना मात्र अमेरिकी पुनरावेदन अदालतले ह्वाइट हाउस छाडेर गोप्य कागजातहरू गलत प्रयोग गरेको मामिलामा उनीविरुद्धको आरोप खारेज गरेको थियो।
यति मात्रै होइन, धाँधली भएको आरोप लाग्ने र २०२० को निर्वाचनको नतिजा परिवर्तन गर्ने प्रयास गरेको आरोपमा चल्ने संघीय कारबाही पनि तत्कालका लागि रोकिएको छ। तर, जर्जिया राज्यको अदालतमा यससँग सम्बन्धित मुद्दा चलिरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
