सप्तरीको बोदेबरसाइन नगरपालिकामा भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
सप्तरी– बोदेबरसाइन–सुभनपट्टी खण्डअन्तर्गत बोदेबरसाइन नगरपालिका–१० खडकपुरमा स्कारपिओले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका खडक नगरपालिका–७ कल्याणपुर बस्ने मोहम्मद कोराइस अलिको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो।
सुभनपट्टीबाट बोदेबरसाइनतर्फ आउँदै गरेको वीआर ०७ बीएबी ८१७२ नं भारतीय स्कारपिओले विपरीत दिशाबाट आएका मोटरसाइकललाई ठक्कर दिएको थियो।
स्कारपिओले ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार अलिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
दुर्घटनामा परेको मोटरसाइकल चालक सोही नगरपालिका–११ का मो. सदाम गम्भीर घाइते भएका छन्। उनको स्थानीय जीवनज्वति अस्पताल बोदेबरसाइनमा उपचार भइरहेको छ।
ठक्कर दिने स्कारपिओ इलाका प्रहरी कार्यालय बोदेबरसाइनको नियन्त्रणमा रहेको, चालक भने फरार भएको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
