अफगानिस्तानको समङ्गन प्रान्तमा रहेको कोइलाखानी भत्किँदा ३२ मजदुर फसेको र उनीहरूको उद्धार जारी रहेको सरकारी अधिकारीले बताएका छन्।
अफगानिस्तानको उत्तरी भेगमा एक कोइलाखानी भत्किँदा ३२ खानी मजदुर फसेका छन्। एक प्रादेशिक अधिकारीले आइतबार घण्टौँदेखि कोइलाखानीमा फसेकालाई उद्धार गर्ने प्रयास गरिरहेको बताएका छन्।
समङ्गन प्रान्तको दारा–ए सोफ पाइन जिल्लाको खानी शनिबार राति भत्किएको समङ्गनका गभर्नरका प्रवक्ता इस्मत मुरादीले जानकारी दिए।
“३२ जना फसेका छन् र तीमध्ये कति ज्यान गयो या जीवित छन् भन्ने स्पष्ट छैन,” उनले भने “उत्खननकर्ता र उद्धारकर्ताले बिहानदेखि काम गरिरहेका छन् तर दुर्भाग्यवश खानीको ढोका अझै खोल्न सकिएको छैन।”
अफगानिस्तानको खानी उद्योगको निगरानीको अवस्था कमजोर रहेकाले बेलाबेलामा घातक दुर्घटना भइरहन्छन्।
अफगानिस्तानमा कोइलासँगै सङ्गमर्मर, खनिज, सुन र रत्नको उत्खनन गरिन्छ। मजदुरहरू प्रायः उचित उपकरण वा सुरक्षा साधनबिना खानीमा काम गर्छन्।
सन् २०२२ फेब्रुअरीमा उत्तरी प्रान्त बघलानमा कोइला खानी भत्किँदा फसेका कम्तीमा १० खानी मजदुरको मृत्यु भएको थियो।
सन् २०२० जुनमा समङ्गनको एउटा खानीमा ग्यास विस्फोट हुँदा सुरुङमा पसेका सात खानी मजदुरको मृत्यु भएको थियो।
एक वर्षअघि बदाखसान प्रान्तमा सुनको खानी भत्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
