शर्माका निकटतम प्रतिद्वन्द्वी रमेश विष्टले तीन हजार २०३ मत प्राप्त गरे। अध्यक्षका अर्का उम्मेदवार देवीप्रसाद सापकोटाले २७० र लालसिंह लामाले ९६ मत प्राप्त गरे।
काठमाडौँ– नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा विजयी भएकी छन्। महासंघको केन्द्रीय निर्वाचन समितिले आइतबार राति सार्वजनिक गरेको मतपरिणामअनुसार शर्मा चार हजार २८२ मत प्राप्त गरी निर्वाचित भएकी हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी रमेश विष्टले तीन हजार २०३ मत प्राप्त गरे। अध्यक्षका अर्का उम्मेदवार देवीप्रसाद सापकोटाले २७० र लालसिंह लामाले ९६ मत प्राप्त गरे।
वरिष्ठ उपाध्यक्षमा दीपक आचार्यले चार हजार २३० मत प्राप्त गरी निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी रोशन पुरीले दुई हजार ८८६ मत प्राप्त गरे। उपाध्यक्ष महिलामा नितु पण्डितले चार हजार ७०५ मत प्राप्त गरी विजयी हुँदा गंगा पौडेल बरालले दुई हजार ६४४ मत प्राप्त गरिन्।
उपाध्यक्ष समावेशीमा उमिदप्रसाद बागचन्दले चार हजार २९२ मत प्राप्त गरी विजयी भए। निकटतम प्रतिद्वन्द्वी सुभाषप्रसाद साहले दुई हजार ८० मत पाए।
महासचिवमा रामप्रसाद दाहालले चार हजार ८४ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी लेखनाथ न्यौपानेले एक हजार ९२९ मत प्राप्त गरे। सचिव खुलामा रमेश खतिवडाले तीन हजार ४०० मत प्राप्त गरी विजयी भए। सचिव महिलामा सोनी शर्माले चार हजार ३४७ मत प्राप्त गरिन्।
त्यस्तै, सचिव आदिवासी जनजातिमा सविन प्रियासनले तीन हजार ५३५, सचिव मधेशीमा अशोककुमार तिवारीले तीन हजार ८५८ मत प्राप्त गरी विजयी भए। सचिव दलिततर्फ प्रकाश धौलाकोटीले चार हजार ११०, सचिव एशोसिएटतर्फ बैकुण्ठराज पराजुलीले तीन हजार ६४५ मत प्राप्त गरी जित हासिल गरे। कोषाध्यक्षतर्फ रामकृष्ण अधिकारीले तीन हजार ८४७ मत प्राप्त गरी विजयी भए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
