जितपछि चेल्सी तेस्रो स्थानको आर्सनलभन्दा ४ अंकले अघि रहेको छ। शीर्ष स्थानको लिभरपुलसँग भने २ अंकले पछि छ।
काठमाडौँ– इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले म्यानचेस्टर सिटीलाई पराजित गरेको छ।
आइतबार राति भएको खेलमा अन्त्यतिर २ गोल गर्दै युनाइटेडले सिटीलाई २-१ ले हराएको हो। जस्को ग्याब्राडिलोले ३६औँ मिनेटमा गोल गर्दै सिटीलाई पहिलो हाफमा १-० को अग्रता दिलाए।
युनाइटेडका ब्रुनो फर्नान्डेजले ८८ औं मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल फर्काए। अमाड डेल्लोले ९०औँ मिनेटमा गोल गर्दै युनाइटेडलाई जित दिलाए।

यस्तै अर्को खेलमा, चेल्सीले ब्रेन्टफोर्डलाई २–१ ले पराजित गरेको छ। चेल्सीका मार्क कुकुरेलाले ४३औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। निकोलस ज्याक्सनले ८०औँ मिनेटमा अर्को गोल थप्दै स्कोर २–० बनाए।
ब्रेन्टफोर्डका ब्रायन एमबुमोले ९०औँ मिनेटमा १ गोल फर्काए। यो जितपछि चेल्सी तेस्रो स्थानको आर्सनलभन्दा चार अंकले अघि रहेको छ। शीर्ष स्थानको लिभरपुलसँग भने २ दुई अंकले पछि छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
