तापेथोक र छिरुवामा तमोर नदीमाथि काठेपुल निर्माण गरिएको छ। अन्य ठाउँमा समेत आवश्यक हेरेर अस्थायी काठेपुल निर्माण गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ।
फुङ्लिङ– ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले श्रमदानको माध्यमबाट तमोर नदीमा अस्थायी काठे मोटरेबल पुल निर्माण गरेको छ। स्थायी पक्की पुल निर्माणका लागि बजेट अभाव भएपछि पुल निर्माण गर्न श्रमदान गरिएको हो।
फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बूका अनुसार फक्ताङलुङ गाउँपालिका तमोर नदीको दुवै किनारामा फैलिएको छ। गाउँका विभिन्न बस्तीलाई जोड्न नदी पार गर्नुपर्ने बाध्यता छ। सबै स्थानमा एकैपटक स्थायी पुल निर्माण गर्ने बजेट अभाव भएकाले अस्थायी काठे पुल निर्माण गरिएको हो। तापेथोक र छिरुवामा तमोर नदीमाथि काठेपुल निर्माण गरिएको छ। अन्य ठाउँमा समेत आवश्यक हेरेर अस्थायी काठेपुल निर्माण गर्ने योजना रहेको अध्यक्ष लिम्बूले बताए।
प्रत्येक वर्ष मंसिरमा पानीको सतह घटेपछि पुल निर्माण थाल्ने गरिएको छ। हालै निर्माण सम्पन्न काठे पुल जेठ महिनासम्म सञ्चालन हुनेछ। यसपछि वर्षायाम शुरू भएसँगै नदीमा पानीको सतह बढ्ने र पुल बगाउने अवस्था आउँछ।
विगतमा यस क्षेत्रमा चारदेखि पाँचवटा अस्थायी काठे मोटरेबल पुल बनाइने गरेकामा अहिले केही स्थानमा स्थायी पक्की पुल निर्माण भइसकेका छन्। केही पुलको निर्माण प्रक्रिया जारी रहेको अध्यक्ष लिम्बूले जानकारी दिए। उनका अनुसार विगतमा एउटा अस्थायी पुल निर्माण गर्न झन्डै ४ लाखदेखि ५ लाख रुपैयाँ खर्च लाग्ने गरेको थियो। यस वर्ष भने श्रमदानका कारण निर्माण सामग्री खरिद गर्न ६० हजार रुपैयाँ मात्रै खर्च भएको गाउँपालिकाले जनाएको छ।
स्थानीय तहमा विकासका गतिविधि सञ्चालन गर्न सीमित बजेटको बाध्यता रहेकाले श्रमदानको उपयोग गरिएको हो। गाउँपालिकाले मङ्सिर महिनामा पुल निर्माण गरेर हिउँदभरि स्थानीयलाई यातायातको सुविधा दिने प्रयासलाई निरन्तरता दिइरहेको छ। पुल निर्माणसँगै स्थानीय बासिन्दाको जीवन सरल भएको छ। दैनिक आवतजावत र आवश्यक सामग्री ढुवानीमा सहजता आएको छ। ग्रामीण क्षेत्रका बासिन्दाले यस्तो पहलले आफूहरूको दैनिकीमा सकारात्मक प्रभाव पारेको बताएका छन्।
तमोर नदीले गाउँपालिकाको भूगोललाई दुई भागमा विभाजित गरेको छ। यसले शिक्षा, स्वास्थ्य, व्यापार, तथा अन्य आवश्यक कार्यका लागि एक ठाउँबाट अर्को ठाउँ जाने क्रममा स्थानीयलाई कठिनाइ झेल्नुपर्ने अवस्था सिर्जना गरेको थियो। अस्थायी काठे पुलले यी चुनौतीलाई केही हदसम्म समाधान गरेको अध्यक्ष लिम्बूले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
