काठमाडौँका पूर्वमेयर पीएल सिंहको निधन

८६ वर्षीय सिंहको सोमबार बिहान उपचारका क्रममा निधन भएको हो। सिंहको निधनमा काठमाडौँ महानगरपालिकाले सोमबार शोक बिदा दिएको छ।

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको निधन भएको छ।

सिंहको सोमबार बिहान ८७ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। नेपाली कांग्रेसका नेता सिंह पेटसम्बन्धी रोगको उपचारमा थिए। 

उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बिहान ११ बजेसम्म निवास चक्सिबारीमा र त्यसपछि दुई घण्टा कांग्रेस केन्द्रीय कार्यालयमा राखिने बताइएको छ। उनको सोमबार नै अन्त्येष्टि गरिनेछ।

यसैबीच, सिंहको निधनमा काठमाडौँ महानगरपालिकाले सोमबार शोक बिदा दिएको छ। अत्यावश्यक सेवाबाहेक काठमाडौँ महानगर र मातहतका कार्यालयमा शोक बिदा रहने महानगरले जनाएको छ।