कपिलवस्तुको चद्रौटाबाट बर्दियातर्फ जाँदै गरेको गाडी दुर्घटनामा परेको थियो। तीव्र गतिका कारण दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ।
घोराही– दाङमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–९ च्याउखोला बक्सकटिङ नजिकै सोमबार बिहान लु१ज ४२९८ नम्बरको विंगर गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो। दुर्घटनामा १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
मृत्यु हुनेमा सिवराज नगरपालिका–३ का ४२ वर्षीया प्रिथी थारु र सोही ठाउँका ६० वर्षीया फुलसी थारु छन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डीएसपी ईश्वर थापाका अनुसार कपिलवस्तुको चद्रौटाबाट बर्दियातर्फ जाँदै गरेको गाडी दुर्घटनामा परेको थियो। घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ।
गाडीमा १४ जना सवार रहेको डीएसपी थापाले बताए। तीव्र गतिका कारण गाडी दुर्घटनामा परेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
