एनपीएल: कर्णाली प्लेअफमा, काठमान्डु बाहिरियो

कर्णालीले दिएको लक्ष्य सुदूरपश्चिम रोयल्सले १२.२ ओभरभित्र पूरा नगरेपछि कर्णाली प्लेअफमा पुग्ने चौथो तथा अन्तिम टोली बनेको हो। 

काठमाडौँ– कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने अन्तिम टोली बनेको छ। 

सोमबार सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले पराजित भए पनि कर्णाली प्लेअफमा पुगेको हो। कर्णालीले दिएको लक्ष्य सुदूरपश्चिम रोयल्सले १२.२ ओभरभित्र पूरा नगरेपछि कर्णाली प्लेअफ पुग्ने चौथो तथा अन्तिम टोली बनेको हो। 

कर्णाली १२.२ ओभरभित्र पराजित भएको भए काठमान्डु गुर्खाजले प्लेअफ खेल्न पाउने थियो। टस हारेर ब्याटिङमा उत्रिएको कर्णालीले १०२ रनको लक्ष्य दिएको थियो। उक्त लक्ष्य सुदूरपश्चिमले १५.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो। 

जारी एनपीएलमा जनकपुर बोल्ट्स, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स प्लेअफमा पुगेका छन् ।

सोमबारको खेलमा सुदूरपश्चिमका ईशान पाण्डे ३८ रनमा अविजित रहे। कप्तान दीपेन्द्रसिंह ऐरी ३८ रनका आउट भए।

कर्णालीका सोमपाल कामी, विपिन शर्मा र नन्दन यादवले समान १–१ विकेट लिए। त्यसअघि निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १०१ रन बनाएको थियो। 

कर्णालीका लागि जीशन मक्सुदले सर्वाधिक ३० रन जोडे। उनले ३५ बलमा ४ चौका प्रहार गरे। 

विलियम बासिस्टोले १६ रन, चाडविक वाल्टन र सोमपाल कामीले ११-११ रन र बाबर हायतले १३ रन बताए।

सुदूरपश्चिमका हरमित सिंहले ३ विकेट लिए। दीपेन्द्रसिंह ऐरी र स्कट कुगेलेइनले समान २-२ विकेट लिए।