लगातारको दोस्रो हारसहित पाकिस्तान प्रतियोगिताबाट बाहिरिएको छ। पाकिस्तान पहिलो खेलमा भारतसँग ९ विकेटले पराजित भएको थियो।
काठमाडाैँ– नेपाल एसीसी यू–१९ महिला एशिया कपको सेमिफाइनलमा प्रवेश गरेको छ। मलेसियामा जारी खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै नेपाली टोली सेमिफाइनलमा पुगेको हो।
पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले १९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। कप्तान पूजा महतोले सर्वाधिक ४७ रन जोडिन्।
मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १०४ रन बनाएको थियो। पाकिस्तानका लागि कोमल खानले सर्वाधिक ३८ रन बनाएकी थिइन्। बलिङतर्फ नेपालका लागि पूजा महतोले २ तथा रचनाकुमारी चौधरी, रिया शर्मा र सिमाना केसीले १/१ विकेट लिएका थिए।
लगातारको दोस्रो हारसहित पाकिस्तान प्रतियोगिताबाट बाहिरिएको छ। पाकिस्तान पहिलो खेलमा भारतसँग ९ विकेटले पराजित भएको थियो। अब नेपालले मंगलबार भारतसँग खेल्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
