आज परिसूचक ५१.३७ अंकले घटेर २,६३०.९१ को विन्दुमा कायम भएको हो। यो १.९१ प्रतिशतको गिरावट हो।
काठमाडाैँ– नेपाल स्टक एक्सेचेन्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट देखिएको छ। आज परिसूचक ५१.३७ अंकले घटेर २,६३०.९१ को विन्दुमा कायम भएको हो। यो १.९१ प्रतिशतको गिरावट हो।
आज ३०४ कम्पनीको एक करोड २७ लाख ४५ हजार ७७७ कित्ता शेयर ६७ हजार ६४८ पटक खरिदबिक्री भएको छ। आज नेप्सेमा पाँच अर्ब ९३ करोड ५६ लाख चार हजार ८४७ रुपैयाँ बराबरको कारोबार भएको छ।
आज सबै समूहको उपसूचक रातो देखिएको छ। सबैभन्दा धेरै वित्त समूह ४.४१ र व्यापार समूह ३.५५ प्रतिशतले घटेको छ। बैंकिङ १.४९, विकास बैंक २.०३, होटल तथा पर्यटन २.३१, जलविद्युत् २.३६, लगानी १.५६ र जीवन बीमा १.८२ प्रतिशत प्रतिशतले घटेको छ।
त्यस्तै, उत्पादन तथा प्रशोधन १.१६, लघुवित्त १.८६, म्युचुअल फन्ड ०.९१, निर्जीवन बीमा १.४२ र अन्य समूह १.४५ प्रतिशतले घटेको छ। आजको कारोबारमा २२७ कम्पनीको शेयर मूल्य घट्दा १५ कम्पनीको शेयर मूल्य मात्रै बढेको छ। कुथेली बुखारी स्मल हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
सबैभन्दा धेरै गुमाउनेमा भने जानकी फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्य ९.५८ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको २६ करोड ४५ लाख ९० हजार ३३० रुपैयाँ बराबरको शेयर किनबेच भएका छन्।
त्यस्तै, कारोबार भएका शेयर संख्याका आधारमा भने हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटर शेयर छ लाख १४ हजार ९६ कित्ता शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
