मोटरबाटो पुग्नुअघि स्थानीयले डोकोमा बोकेर छिमेकी गाउँ र दरबाङ बजारसम्म पुर्याएर सुन्तला बिक्री गर्दै आएका थिए। अहिले बोटबाटै प्रतिकिलो ६५ रुपैयाँमा बिक्री हुने गरेको छ।
बेनी– मालिका गाउँपालिका–७ बिमका किसानलाई बगैँचाबाट सुन्तला बिक्री हुन थालेपछि बजार खोज्नुपर्ने झन्झट हटेको छ। बिमका विभिन्न टोलबस्तीमा व्यावसायिक सुन्तलाखेती गरेका किसानलाई अहिले सुन्तला बिक्री गर्न भ्याइनभ्याइ छ।
उत्पादन भएको सुन्तला खरिदका लागि व्यवसायी बगैँचामा आउन थालेपछि बजार र ग्राहक खोज्नुपर्ने झन्झट हटेको बिमको दुलेका किसान कृष्ण शर्माले बताए। “अहिले काठमाडौँका व्यवसायीले बगैँचाबाटै सुन्तला खरिद गरेर लगेका छन्, गाउँका सबैजसो बगानमा सुन्तला खरिदका लागि व्यवसायी आइपुगेका छन्,’’ उनले भने।
यहाँका किसानले प्रतिकिलो ६५ रुपैयाँमा सुन्तला बिक्री गरिरहेका छन्। शर्माले यस वर्ष २ लाख रुपैयाँभन्दा बढीको सुन्तला बिक्री गरेको बताए। उनका बगानमा १०० भन्दा बढी सुन्तलाका बोट छन्। गाउँमा मोटरबाटोको सुविधा पुगेपछि स्थानीयलाई सुन्तला बिक्रीका लागि बजार खोज्नुपर्ने बाध्यता हटेको हो। मोटरबाटो पुग्नुअघि स्थानीयले डोकोमा बोकेर छिमेकी गाउँ र दरबाङ बजारसम्म पुर्याएर सुन्तला बिक्री गर्दै आएका थिए।
पछिल्ला केही वर्षयता बगानबाट सुन्तला बिक्री हुन थालेपछि यहाँका किसान व्यावसायिक सुन्तलाखेतीमा लागेका छन्। हरेक वर्ष सहरी क्षेत्रबाट व्यवसायी सुन्तला खरिदका लागि पेस्की रकम लिएर गाउँमा पुग्ने गरेका छन्। बिमको अर्कला, नराले, ओखलढुंगा, दुले, टुनीबोट, नौमाने, भारबाङ, खारलगायत क्षेत्रमा सुन्तलाखेती विस्तार भइरहेको छ।
सुन्तलाखेतीबाट आम्दानी राम्रो हुन थालेपछि अन्नबाली लगाउनुको साटो सुन्तलाखेती विस्तार गरेको स्थानीय भीमप्रसाद विकले बताए। “विदेश गएर दुःख गर्नुभन्दा आफ्नै गाउँमा सुन्तला रोप्न सक्यो भने त्यसबाट राम्रो आम्दानी गर्न सकिन्छ, उत्पादन भएको सुन्तलाको ग्राहक खोज्नुपर्ने बाध्यता पनि छैन, मैले यसै वर्ष थप नयाँ जग्गामा समेत सुन्तला विस्तार गर्ने योजना बनाएको छु,” उनले भने।
यस क्षेत्रका किसानले सुन्तलाखेतीबाट ५० हजार रुपैयाँदेखि ८ लाख रुपैयाँसम्म कमाई गरेका छन्। गाउँमा वार्षिक लाखौँ रुपैयाँ भित्रिने गरेको छ। जिल्लामा उत्पादन भएको सुन्तला पोखरा, काठमाडौँ, बुटवल, भैरवालगायत ठूला शहरमा खपत हुने गरेको छ।
व्यावसायिक सुन्तलाखेती भएका अधिकांश बगैँचामा खरिदकर्ता आफैँ पुग्न थालेपछि किसानलाई सुन्तलाको बजार अभाव नहुने र ढुवानीलगायत झन्झट पनि हटेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
