पहिलो चरणमा घर पूर्ण रूपमा क्षति भएका परिवारका लागि अस्थायी आवास निर्माण थालिएको गाउँपालिकाले जनाएको छ।
काभ्रेपलान्चोक– असोज दोस्रो साता बाढीपहिरोले घर पूर्ण रूपमा क्षति भएका परिवारका लागि रोशी गाउँपालिकाले अस्थायी आवास निर्माण थालेको छ। बाढीपहिरोमा परी उक्त गाउँपालिकामा १२ जनाको ज्यान गएको थियो। ४८२ घर पूर्ण रूपमा तथा ८८३ घरमा आंशिक क्षति पुगेको थियो।
चिसो बढ्दै गएपछि बाढी पहिरोपीडित अझ प्रभावित हुने भएपछि पहिलो चरणमा घर पूर्ण रूपमा क्षति भएका परिवारका लागि अस्थायी आवास निर्माण थालिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अध्यक्ष दिनेश लामाका अनुसार वडा नं २ बाट अस्थायी आवास निर्माणको काम शुरू गरिएको हो। यस वडामा ३० अस्थायी आवास निर्माण हुनेछ।
विभिन्न सहयोगी संस्थाको साझेदारीमा विपद्पीडितको अस्थायी आवास निर्माण भइरहेको छ। “सहयोग जुटाएर पहिलो चरणमा पूर्ण रूपमा घर क्षति भएकालाई अस्थायी आवास बनाउने क्रममा छौँ,” अध्यक्ष लामाले भने, “स्थानीय स्रोत, साधन प्रयोगगरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट स्वीकृत मापदण्डअनुसार निर्माण भइरहेको छ।” व्यक्तिगत सहयोगमा वडा नं ९ नार्के तथा आसपास ३० अस्थायी आवास निर्माणको काम भइरहेको छ।
गाउँपालिकाले विपद् व्यवस्थापनका लागि गत कात्तिक ३० गते विशेष गाउँसभामार्फत चालु आर्थिक वर्षमा योजनाका लागि विनियोजित बजेटबाट केही प्रतिशत कटौती गर्ने निर्णय गरेको थियो। गाउँपालिकाले विपद्सँग सम्बन्धित बनाएर २६६ योजना संशोधन गरेको छ। विपद् कोष २ करोड ८० लाख रुपैयाँको बनाएको जनाएको छ।
बाढीपहिरोले दुई हजार ५४४ परिवारको खेतबारीमा क्षति पुगेको थियो। १६० खानेपानी आयोजना, एक पक्की पुल, ४७ विद्यालय, चार स्वास्थ्य केन्द्रमा क्षति पुगेको थियो। यस्तै बाढीपहिरोले निर्माण सम्पन्न भएको डम्फू उद्यान, १० शय्याको अस्पताल, चिस्यान केन्द्रसहितको औद्योगिक ग्राम बगाएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
