तोलामा २०० रुपैयाँले बढ्यो सुनको मूल्य

सोमबार तोलाको १ लाख ५१ हजार २०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार १ लाख ५१ हजार ४०० पुगेको छ।

काठमाडौँ– नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ। 

सोमबार तोलाको १ लाख ५१ हजार २०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार १ लाख ५१ हजार ४०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

यसअघि, आइतबार सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँले घटेको थियो। सोमबार तोलामा ४०० रुपैयाँले वृद्धि भएको थियो। 

महासंघका अनुसार चाँदीको मूल्य भने स्थिर छ। चाँदी १ हजार ८४० रुपैयाँमा कारोबार भइरहेको छ।