इन्डोनेसियामा माछा मार्ने क्रममा डुंगा पल्टिँदा १५ जना बेपत्ता

शनिबार माछा मार्ने क्रममा १७ यात्रु बोकेको डुंगा डुबेको थियो। सोमबार दिउँसो अर्को डुंगाले दुई जना चालक दलका सदस्यलाई उद्धार गरेको थियो।

इन्डोनेसियाको पूर्वी मालुकु प्रान्तमा माछा मार्ने क्रममा डुंगा पल्टिँदा १५ जना बेपत्ता भएका छन्। शनिबार माछा मार्ने क्रममा १७ यात्रु बोकेको डुंगा डुबेको थियो। 

प्रान्तको खोज र उद्धार कार्यालयका प्रमुख मोन्स ब्रुरीका अनुसार सोमबार दिउँसो अर्को माछा मार्ने डुंगाले दुई जना चालक दलका सदस्यलाई उद्धार गरेको थियो।

मौसम तथा हावाहुरीका कारण डुंगा पल्टिएको उद्धारकर्ताले जनाएका छन्।