यू१९ महिला एशिया कप: नेपालले भारतलाई दियो ९५ रनको लक्ष्य

मलेसियाको वायुमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन बनायो। 

काठमाडौँ– मलेसियामा जारी एसीसी यू१९ एशिया कप क्रिकेटमा नेपालले भारतलाई ९५ रनको लक्ष्य दिएको छ। 

मलेसियाको वायुमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन बनायो। 

नेपालका कप्तान पूजा महतोले सर्वाधिक २५ रन बनाइन्। अलिसाकुमारी यादव २० रनमा अविजित रहिन्। सोनी पाख्रिनले ८ तथा साना प्रभिनले ९ रनको योगदान दिइन्।

भारतका लागि परुनिका सिसोडियाले ४ विकेट लिइन्।