प्रतियोगितामा उत्कृष्ट घोषित हुने एक खेलाडीलाई एक थान कार प्रदान गर्ने क्यानले यसअघि नै घोषणा गरिसकेको छ।
काठमाडौँ– पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको उपाधि विजेता टोलीले एक करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएको छ।
यस्तै, दोस्रो स्थान हासिल गर्ने टोलीले ५१ लाख रुपैयाँ प्राप्त गर्ने नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले जानकारी दिए। उनका अनुसार प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टोलीले २५ लाख प्राप्त गर्दा चौथो स्थान हासिल गर्ने टोलीले १५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
प्रतियोगितामा उत्कृष्ट घोषित हुने एक खेलाडीलाई एक थान कार प्रदान गर्ने क्यानले यसअघि नै घोषणा गरिसकेको छ।
क्यानको आयोजनामा मंसिर १५ गतेदेखि सञ्चालन भएको यस एनपीएलमा विभिन्न आठ टोली सहभागी छन्। जसमा काठमाडौँ गोरर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स छन्।
सहभागी टोलीमा चार टोली प्लेअफमा पुगेका छन् भने बाँकी चार टोली प्रतियोगिताबाट बाहिरिसकेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
