बझाङमा भूकम्पको धक्का महसुस

बझाङमा एक सातामै दोस्रो पटक भूकम्पको धक्का महसुस भएको छ। यसअघि गत बुधबार पनि बझाङको रायल केन्द्रविन्दु भएर ३.२ म्याग्निच्युडको भूकम्प गएको थियो।

काठमाडाैँ– बझाङमा एक सातामै दोस्रो पटक भूकम्पको धक्का महसुस भएको छ। मंगलबार साँझ तलकोट गाउँपालिकाको धमेना नजिक ४.३ म्यानिच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पको धक्का जिल्लाभर महसुस भएको थियो। केन्द्रका अनुसार तलकोट, रूपातोला र धमेनाको बीचको क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो। भूकम्पबाट क्षति नभएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रवक्ता किशोर जोशीले बताए।

यसअघि गत बुधबार पनि बझाङको रायल केन्द्रविन्दु भएर ३.२ म्याग्निच्युडको भूकम्प गएको थियो।