तराईमा बिहानैदेखि हुस्सु, पहाडी क्षेत्रमा आंंशिक बदली रहने

तराई तथा उपत्यका केही स्थानमा बिहानैदेखि हुस्सु र कुहिरोको लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँ– देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसका कारण कर्णाली, सुदूरपश्चिम र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहेको छ। 

तराई तथा उपत्यका केही स्थानमा बिहानैदेखि हुस्सु र कुहिरोको लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिहानको समयमा हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

दिउँसो हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ। पहाडी क्षेत्रमा पनि आंंशिक बदली रही तराईमा  मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।