सिस्नेरी–दक्षिणकाली सडक पुस ११ गतेसम्म बन्द

सडकअन्तर्गत दक्षिणकाली–छैमलेमा कालोपत्र गर्न लागिएकाले सवारी सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

फाइल तस्वीर

मकवानपुर– हेटौँडाबाट काठमाडौँ जोड्ने सिस्नेरी–दक्षिणकाली सडकमा बुधबारदेखि पुस ११ गतेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले सो सडकअन्तर्गत दक्षिणकाली–छैमलेमा कालोपत्र गर्न लागिएकाले सवारी सञ्चालनमा रोक लगाइएको जानकारी दिए। यस्तै सडक स्तरोन्नतिका लागि कुलेखानी–फाखेल–मातातीर्थ सडकमा पनि यातायात सञ्चालनमा रोक लगाइएको छ।

सो सडक बन्द भए पनि हेटौँडाबाट काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक, त्रिभुवन राजपथ, नारायणगढ मुग्लिन सडकमा भने हाल सवारीसाधन सञ्चालन भइरहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ।