कर्णालीले दिएको १७६ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५४ रन मात्र बनाउन सक्यो।
काठमाडौँ– कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो क्वालिफायरमा पुगेको छ।
बुधबार भएको इलिमिनेटर खेलमा चितवन राइनोजलाई २१ रनले पराजित गर्दै कर्णाली दोस्रो क्वालिफायरमा पुगेको हो।
कर्णालीले दिएको १७६ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५४ रन मात्र बनाउन सक्यो।
चितवनका रवि बोपाराले सर्वाधिक ५३ रनको योगदान दिए। कुशल मल्लले २१ तथा विपिन रावलले १८ रनको योगदान दिए।
कर्णालीका जिसन मक्सुदले ३ तथा नन्दन यादव र सोमपाल कामीले समान २–२ विकेट लिए। विपिन शर्माका नाममा १ विकेट रह्यो।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिमा उत्रिएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७५ रनको योगफल बनायो। कर्णालीका लागि जयकिसन कोल्सावालाले सर्वाधिक ५३ रनको योगदान दिए। उनले ३९ बलमा ६ चौका र २ छक्का प्रहार गरे।
विल बसिस्टोले ५२ रन बनाउँदा चाडविक वाल्टनले अविजित ४६ रन जोडे। जिसन मक्सुदले १४ रन बनाए। चितवनका लागि सोहिल तन्वीरले २, शरद भेषवाकर, कुशल मल्ल र रवि बोपाराले समान १–१ विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
