अमेरिका र इजिप्टसँगै कतारले इजरायल र हमासबीच गाजामा युद्धविराम र बन्धक रिहाइका लागि महिनौँदेखि मध्यस्थता गर्दै आएका छन्।
युद्धविराम र गाजामा बन्धक बन्दी आदानप्रदान गर्ने उद्देश्यले कतारमा भएको वार्ता गम्भीर र सकारात्मक भएको हमासले जनाएको छ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै हमासले कतार र इजिप्टको मध्यस्थतामा दोहामा भएको वार्ता युद्धविराम र कैदी आदानप्रदानका लागि सहमतिमा पुग्नेमा विश्वस्त रहेको जनाएको हो। समाचार संस्था एएफपीका अनुसार वार्ताका लागि इजरायली अधिकारी सोमबार दोहा आइपुगेका थिए।
अमेरिका र इजिप्टसँगै कतारले इजरायल र हमासबीच गाजामा युद्धविराम र बन्धक रिहाइका लागि महिनौँदेखि मध्यस्थता गर्दै आएका छन्। तर गत वर्षको अन्त्यमा इजरायली जेलमा रहेका प्यालस्टिनीको बदलामा सयौँ बन्धकलाई रिहा गरिएको र एक हप्ताको युद्धविरामबाहेक लगातार भएका वार्ता युद्ध रोक्न असफल भएका थिए।
सोमबार इजरायली रक्षामन्त्री इजराइल काट्जले आफ्नो देशका वार्ताकार सन् २०२३ को नोभेम्बरमा भएको युद्धविरामपछि सम्झौताको नजिक नपुगेको बताएका थिए।
दोहास्थित हमासका एक वरिष्ठ अधिकारीले सम्झौताका लागि पहिलेभन्दा निकै नजिक भएको तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अझै पनि पहिलेजस्तै सम्झौतालाई बिथोल्न सक्नेमा शंका व्यक्त गरेका छन्।
हमासनिकट अर्को एक स्रोतका अनुसार वार्ता सम्झौताको नजिक पुगेको छ। “मलाई आशा छ अमेरिकी निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ, अर्थात् २० जनवरीभन्दा अघि नै सम्झौता हुने सम्भावना बढेको छ,” स्रोतले भन्यो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
