जनकपुरले दिएको १४० रनको लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो।
काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश गरेको छ।
त्रिवि मैदानमा बुधबार भएको पहिलो क्वालिफायर खेलमा जनकपुरले दिएको १४० रनको लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो। सुदूरपश्चिमको जितमा विनोद भण्डारीले सर्वाधिक ५८ रन जोडे। उनले ५५ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। यस्तै, सेफ अलि जेबले २१ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३२ रन बनाए। ब्रेन्डन मक्मुलनले १९ बलमा १ चौका र १ छक्काको सहयोगमा २५ रन जोडे। कप्तान दीपेन्द्रसिंह ऐरीले १६ बलमा १ चौका र १ छक्काको सहयोगमा २० रन बनाउँदै नटआउट रहे।
जनकपुरका लागि किशोर महतो र ललितनारायण राजवंशीले समान १/१ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३९ रनको योगफल तयार गरेको थियो। जनकपुरका लागि जेम्स निसमले सर्वाधिक ४५ रन जोडे। त्यस्तै शुभ कंशाकारले २४ बलमा २६ रन जोडे। लाहिरु मिलन्था र हर्ष ठोकरले समान १२/१२ रन जोडे भने आसिफ शेख र अरनिको यादवले समान ११/११ रन बनाएका थिए।
बलिङतर्फ सुदूरपश्चिमका कप्तान ऐरीले तीन विकेट लिए भने सैफ जैबले दुई विकेट लिए। त्यस्तै स्कट कुगेलेइन र अविनाश बोहराले समान एक/एक विकेट लिए।
लिग चरणको खेलमा समेत सुदूरपश्चिमले जनकपुरलाई पराजित गरेको थियो। अब जनकपुरले फाइनल प्रवेशका लागि बिहीबार हुने दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेता कर्णाली याक्ससँग खेल्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
