मनाङको नेस्याङ केन्द्रबिन्दु भएर भूकम्प

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नेस्याङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको हो। 

काठमाडौँ– मनाङको केन्द्रबिन्दु भएर बिहीबार भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नेस्याङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको हो। 

भूकम्प बिहीबार बिहान ७:३७ मिनेटमा गएको र आसपासका जिल्लामा समेत धक्का महसुस भएको केन्द्रले जनाएको छ।