कर्णालीले जनकपुरलाई दियो ११९ रनको लक्ष्य

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११८ रन बनाएको हो। 

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ११९ रनको लक्ष्य दिएको छ। 

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११८ रन बनाएको हो। 

कर्णालीका गुल्सन झाले सर्वाधिक २५ तथा देव खनालले २५ रन बनाए। 

जनकपुरका ललित राजवंशी, जिमी निसम र  मोहम्मद मोहसिनले समान २ विकेट लिए।