नेप्से परिसूचक ३१ अंकले घटेर २५९६ को विन्दुमा सीमित

बिहीबार नेप्से परिसूचक ३१.४३ अंकले घटेर २५९६.८२ को विन्दुमा सीमित भएको छ भने चार अर्ब ७६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साताको अन्तिम कारोबार दिन बिहीबार परिसूचकमा घटेर बन्द भएको छ। बिहीबार परिसूचक ३१.४३ अंकले घटेर २५९६.८२ को विन्दुमा सीमित भएको हो। यो १.१९ प्रतिशतको गिरावट हो।

बिहीबार विभिन्न ३१० कम्पनीको ९८ लाख ३२ हजार ३०८ कित्ता शेयर ५५ हजार ९८९ पटक खरिदबिक्री भएको छ। जसबाट चार अर्ब ७६ करोड दुई लाख ६७ हजार ४८३ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

बिहीबार सबै समूहको उपसूचक रातो देखिएको छ। सबैभन्दा धेरै व्यापार समूह २.७३ र वित्त समूह २.३१ प्रतिशतले घटेको छ। बैंकिङ ०.८२, विकास बैंक १.२५, होटल तथा पर्यटन ०.८७, जलविद्युत् १.५२, लगानी १.९५ र जीवन बीमा १.०४ प्रतिशत प्रतिशतले घटेको छ।

त्यस्तै, उत्पादन तथा प्रशोधन ०.३३, लघुवित्त ०.७१, म्युचुअल फन्ड ०.२६, निर्जीवन बीमा १.०५ र अन्य समूह ०.९३ प्रतिशतले घटेको छ।

बिहीबारको कारोबारमा २११ कम्पनीको शेयर मूल्य घट्दा २९ कम्पनीको शेयर मूल्य मात्रै बढेको छ। सपोर्ट माइक्रो फाइनान्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

सबैभन्दा धेरै गुमाउनेमा भने नारायण डेभलपमेन्टको शेयर मूल्य ९.२१ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा सबैभन्दा धेरै जानकी फाइनान्स १७ करोड ६० लाख ५४ हजार ६०३० रुपैयाँ बराबरको शेयर किनबेच भएका छन्।

त्यस्तै, कारोबार भएका शेयर संख्याका आधारमा भने अपि पावर कम्पनीको दुई लाख २६ हजार १०६ कित्ता शेयर किनबेच भएको छ।