युक्रेनी ड्रोन आक्रमणपछि रुसको दक्षिणी रोस्तोभ क्षेत्रका धेरै शहरमा हवाई प्रतिरक्षा सेवा सक्रिय पारिएको स्थानीय गभर्नर युरी स्ल्युसरले बताएका छन्।
युक्रेनी ड्रोन आक्रमणपछि रुसी तेल प्रशोधन केन्द्रमा आगलागी भएको छ। रुसको दक्षिणी रोस्तोभ क्षेत्रमा ‘शत्रुले ठूलो आक्रमण गरेको’ स्थानीय गभर्नर युरी स्ल्युसरले बिहीबार टेलिग्राममा उल्लेख गरेका छन्।
“आक्रमण गरिएको रोस्तोभ क्षेत्रमा तीन दर्जनभन्दा बढी यूएभी र तीन वटा क्षेप्यास्त्र तैनाथ गरिएको छ,” उनले भने। उनका अनुसार युक्रेनी ड्रोन आक्रमणपछि यस क्षेत्रका धेरै शहरमा हवाई प्रतिरक्षा सेवा सक्रिय पारिएको छ।
उनले भने, “अधिकांश हवाई लक्ष्य निष्प्रभावी भए तापनि तेल प्रशोधन केन्द्रमा आगलागी भएको छ। यसलाई रुसी अधिकारीले करिब एक घण्टापछि नियन्त्रणमा लिएका छन्।”
उनले रोस्तोभ नजिकैको एउटा गाउँमा ड्रोनका टुक्रा खस्दा एक जना घाइते भएको पनि बताए।
रुसको रक्षा मन्त्रालयले बिहीबार भनेको छ, “किभले विमानमार्फत आतंकवादी हमला गर्ने प्रयास गरेको थियो तर यो विफल भएको छ।”
रुसको हवाई प्रतिरक्षा प्रणालीले रोस्तोभ क्षेत्रसहित देशभरका ८० भन्दा बढी ड्रोन नष्ट गरेको छ।
रुसको सीमावर्ती क्षेत्रमा युक्रेनी आक्रमण हुने गरेको छ। गत हप्ता रोस्तोभ र पश्चिमी ब्रायन्स्क क्षेत्रलाई लक्षित गरी दुई छुट्टाछुट्टै आक्रमण भएका थिए।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार वार्षिक पत्रकार सम्मेलन आयोजना गर्ने क्रममा पछिल्लो आक्रमण भएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
