बिहीबार साँझ काठमाडौँको टोखा नगरपालिका– ६ धापासीस्थित एक घरमा आगलागी भएको छ।
काठमाडौँ– काठमाडौँको टोखा नगरपालिका– धापासीस्थित एक घरमा आगलागी भएको छ। बिहीबार साँझ धापासीका स्थानीय भाइकाजी श्रेष्ठको घरमा आगलागी भएको हो।
टोखा– ६ का वडाध्यक्ष शान्ता खनालले बिहीबार साँझ ५ बजेतिर शुरू भएको आगलागी साढे ७ बजेसम्ममा नियन्त्रणमा आएको बताइन्। उनका अनुसार आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका साथै काठमाडौँ र ललितपुरको दमकलको सहयोगमा निभाइएको हो।
आगलागीबाट घरमा बस्न नमिल्ने गरी क्षति भएको उनले बताइन्। “ठूलो कम्पाउन्ड भएकाले आगो अन्यत्र फैलिन पाएन। घरमा बस्नेहरूले भागेर ज्यान बचाउनुभयो,” उनले भनिन्, “घरमा बस्न नमल्नेगरी क्षति पुगेको छ। क्षतिको विवरण आइसकेको छैन।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
