संसदीय समितिको बैठकमा सांसद एवं विज्ञ सरोकारवालाले तिलगंगा नेत्र विश्वविद्यालय विधेयकको मस्यौदा परिष्कृति गर्दै चाँडो टुंगोमा पुर्याइनुपर्ने बताएका छन्।
काठमाडौँ– सांसदले तिलगंगा नेत्र विश्वविद्यालय विधेयकलाई परिष्कृत गरेर अगाडि बढाउनुपर्ने सुझाएका छन्। राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बिहीबार सिंहदरबारमा भएको बैठकमा समितिका सदस्य एवं विज्ञ सरोकारवालाले प्रस्तावित विधेयकको मस्यौदा परिष्कृति गर्दै यसलाई चाँडो टुंगोमा पुर्याइनुपर्ने बताएका हुन्।
विधेयकको मस्यौदा, संरचना र दिगोपनाका लागि स्रोत व्यवस्थापनलगायत विषयलाई सम्बोधन गरेर विश्वविद्यालयको अवधारणामा अघि बढाउन उनीहरूको जोड छ। प्रतिष्ठानको विशिष्टीकृत सेवा र प्रतिष्ठामा आँच नपुग्ने गरी उच्च गुणस्तरीय विश्वविद्यालयको रूपमा स्थापित गरिनुपर्ने उनीहरूको धारणा छ।
‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक २०८१’ माथि भएको सैद्धान्तिक छलफलमा सांसद कृष्णप्रसाद सिटौलाले राष्ट्रिय प्रतिष्ठाको विषय भएकाले विधेयकलाई चाँडो टुङ्ग्याइनुपर्ने धारणा राखे। उनीहरूले सरकारी तवरबाट सञ्चालित संस्थासँग नबाझिने गरी तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालयको रूपमा अघि बढाउँदा आँखाको अझै स्तरीय र विशिष्टीकृत सेवा दिने गरी विकास गरिनुपर्नेमा जोड दिए।
सांसद नारायणकाजी श्रेष्ठले विधेयकमा नमिलेका विषयलाई परिमार्जित गरेर यसलाई विशिष्टीकृत सेवाको रूपमा लैजानुपर्ने बताए। उनले राष्ट्रिय चिकित्सा आयोगसँग समन्वय र सहकार्य हुने गरी विश्वविद्यालयको रूपमा अगाडि बढाउनु उपयुक्त हुने धारणा राखे।
सांसद भगवती न्यौपाने, किरणबाबु श्रेष्ठ, डा बेदुराम भुसाल, तारामान स्वार, सुरेश आलेमगर, मायाप्रसाद शर्मा, उर्मिला अर्याल, झक्कुप्रसाद सुवेदी, अञ्जना शाक्य, गोपाल भट्टराई, गरिमा पन्त, गोमादेवी तिमिल्सना, विष्णुदेवी पुडासैनी, विष्णुबहादुर विश्वकर्मालगायतले विश्वविद्यालयको मान्यता दिने र बीचमै अलपत्र हुने अवस्था नआउने गरी विशिष्टीकृत विश्वविद्यालयको अवधारणाको रूपमा विकास गरिनुपर्ने सुझाए।
पूर्वसचिव माधव पौडेलले तिलगंगा आँखा प्रतिष्ठानको गुणस्तरीयता र प्रतिष्ठालाई कायम गर्नेगरी विश्वविद्यालयको रूपमा विकास गरिनुपर्ने सुझाव दिए। उनले चिकित्सा शिक्षा आयोगको मापदण्ड र कोटाअनुसार अध्ययन अध्यापन गराउन विश्वविद्यालय राजी हुनुपर्ने उल्लेख गर्दै सकभर कानूनी झन्झट कम गरेर विश्वविद्यालयको अवधारणा अगाडि बढाइनुपर्नेमा जोड दिए।
तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक डा. सुन्दुक रुइतले सम्बन्धन पाए प्रतिष्ठानलाई विश्वविद्यालयको रूपमा लैजान सक्षम हुने बताए। उनले विश्वविद्यालयलाई नमूना र आँखाको उपचारको युनिक केन्द्रका रूपमा स्थापित गरिने विश्वास व्यक्त गरे।
प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा रिता गुरुङले विश्वविद्यालयको गुणस्तर कायम राख्न कुनै कसर बाँकी नराख्ने बताए।
तिलगंगा नेत्र विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल भएको हो। दफावार छलफलमा विधेयकमा नमिलेका विषयलाई संशोधन गरेर जान सकिनेमा सांसदहरू एकमत भएका छन्। समितिका सभापति तुलसाकुमारी दाहालले विधेयकको महत्त्व र गरिमालाई ध्यानमा राखेर समितिले चाँडो टुंगोमा पुर्याउने विश्वास व्यक्त गरे।
आँखा स्वास्थ्य विधातर्फ उच्च शिक्षा प्रदान गर्नुपर्ने भएको र यस क्षेत्रमा गुणस्तरीय अध्ययन, अध्यापन तथा अनुसन्धान गर्न, आँखा स्वास्थ्य सेवाको पहुँच विस्तार गरी विशेषज्ञ सेवासहितको स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले विधेयक ल्याइएको हो।
आँखा स्वास्थ्य शिक्षाको क्षेत्रमा गुणस्तरीय अध्ययन, अध्यापन तथा अनुसन्धान गर्न, आँखा स्वास्थ्य सेवाको पहुँचको विस्तार गरी विशेषज्ञ सेवासहितको स्वास्थ्य सेवा प्रदान गर्न, आँखा उपचारसम्बन्धी वस्तु उत्पादन तथा आँखा स्वास्थ्यको क्षेत्रमा नवीनतम प्रविधिको विकास गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सेवा विस्तार गर्ने प्रयोजनका लागि मानीत विश्वविद्यालयको रूपमा तिलगंगा नेत्र विश्वविद्यालयको स्थापना गर्ने उल्लेख छ।
राष्ट्रियसभामा गत असार ८ गते दर्ता भएको तिलगंगा नेत्र विश्वविद्यालय विधेयक दफावार छलफल भएर समितिमा दफावार छलफलका लागि गत साउन २१ गते पठाइएको थियो। तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठले विधेयक प्रस्तुत गरेकी थिइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
