यस्तो रहनेछ शुक्रबारको मौसम

तराई, खोँच तथा उपत्यकाका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ।

काठमाडौँ– नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। 

तराई, खोँच तथा उपत्यकाका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ। 

दिउँसो कोशीको उच्च पहाडी तथा हिमाली भूभागमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना रहेको छ। तराई क्षेत्रमा मुख्यतया सफा रहनेछ।

बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।