दुर्घटनापछि भएको आगलागीबाट ट्रक र निजी कारसहित करिब ४० सवारीसाधन जलेर नष्ट भएका छन्।
भारतको पश्चिमी राज्य राजस्थानमा शुक्रबार बिहानै रसायन बोकेको ट्रक अन्य सवारीसाधनसँग ठोक्किँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ। दुर्घटनामा ३५ भन्दा बढी घाइते भएको स्थानीय प्रहरीले जनाएको छ।
जयपुर–अजमेर राजमार्गको भाङ्क्रोटा क्षेत्रमा दुर्घटना भएको हो। दुर्घटनास्थल वरपर केही पेट्रोल पम्पहरू थिए। घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको छ।
एसएमएस मेडिकल कलेजका प्रिन्सिपल दीपक महेश्वरीका अनुसार २५ जना घाइतेलाई आईसीयूमा भर्ना गरिएको छ।
दुर्घटनापछि भएको आगलागीबाट ट्रक र निजी कारसहित करिब ४० सवारीसाधन जलेर नष्ट भएका छन्। राजस्थानका मुख्यमन्त्री भजनलाल शर्माले उद्धार र राहतका लागि सक्दो प्रयास भइरहेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
