विश्वकप फुटबल : दाेस्राे सेमिफाइनलमा फ्रान्स र मोरक्को भिड्दै

कतार विश्वकपकाे दाेस्राे सेमीफाइनलमा फ्रान्स र माेरक्काे भिड्दै छन्। अफ्रिकन टोली मोरक्को पहिलोपटक सेमिफाइनलमा प्रतिस्पर्धा गर्न लागेकाे हाे।

काठमाडौँ– कतारमा जारी विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को भिड्दै छन्।

यी दुई टोलीबीचकाे खेल अल बायत स्टेडियममा राति १२: ४५ मा शुरू हुनेछ। साविक विजेता फ्रान्स मोरक्कोलाई हराएर लगातार फाइनलमा पुग्ने लक्ष्यमा छ।

फ्रान्सले क्वार्टरफाइनलमा इंग्ल्यान्डलाई २–१ ले पराजित गरेको थियो। मोरक्को पहिलोपटक सेमिफाइनल पुगेको अफ्रिकन टोली हो। मोरक्कोले क्वार्टरफाइनलमा पोर्चुगललाई १–० ले स्तब्ध पार्दै इतिहास रचेको थियो।

फ्रान्स र मोरक्कोबीच विश्वकपमा पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि पहिलो सेमिफाइनलमा क्रोएसियालाई पराजित गर्दै अर्जेन्टिना फाइनल पुगिसकेको छ।