काठमाडौँ– हङकङविरुद्धको यू१९ एकदिवसीय क्रिकेट शृंखलामा नेपालले ‘क्लिनस्विप’ गरेको छ। मूलपानी क्रिकेट मैदानमा शुक्रबार भएको अन्तिम एकदिवसीय खेलमा हङकङलाई १३० रनले पराजित गर्दै नेपालले शृंखलामा क्लिनस्विप गरेको हो। नेपालले दिएको २६६ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर १३५ रन जोड्न सक्यो। हङकङका लागि प्रित माङ्गुकियाले अविजित रहँदै अर्धशतकीय इनिङ्स खेले। उनले ८७ बलमा सात चौकाको मद्दतले ५५ रन बनाए। अब्दुल समदले २३ र कप्तान शिव माथुरले १९ रन जोडे। उनीहरूबाहेक कुनै पनि खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्। हङकङका लागि आरेज दारले सात, शायन पुरीले अविजित रहँदै ५, डेनियल मापले ४, विल वाल्शले ३, तरण लौङ्गानीले २ र म्याथ्यू जेम्स क्लेटनले १ रन बनाए। यो खेलमा हङकङले अतिरिक्त पाँच रन पाएको छ। बलिङतर्फ नेपालका कप्तान अभिषेक तिवारी र अफरुद्दिन रेनले समान २/२ विकेट लिए। राजेश बोहरा, दीपक सेराला र सन्तोष यादवको नाममा समान १/१ विकेट रह्यो। त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाउँदै २५५ रन बनाएको थियो। नेपालले पहिलो खेलमा हङकङलाई तीन विकेटले र दोस्रो खेलमा २२६ रनले पराजित गरेको थियो।
काठमाडौँ– हङकङविरुद्धको यू१९ एकदिवसीय क्रिकेट शृंखलामा नेपालले ‘क्लिनस्विप’ गरेको छ।
मूलपानी क्रिकेट मैदानमा शुक्रबार भएको अन्तिम एकदिवसीय खेलमा हङकङलाई १३० रनले पराजित गर्दै नेपालले शृंखलामा क्लिनस्विप गरेको हो। नेपालले दिएको २६६ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर १३५ रन जोड्न सक्यो।
हङकङका लागि प्रित माङ्गुकियाले अविजित रहँदै अर्धशतकीय इनिङ्स खेले। उनले ८७ बलमा सात चौकाको मद्दतले ५५ रन बनाए। अब्दुल समदले २३ र कप्तान शिव माथुरले १९ रन जोडे। उनीहरूबाहेक कुनै पनि खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्।
हङकङका लागि आरेज दारले सात, शायन पुरीले अविजित रहँदै ५, डेनियल मापले ४, विल वाल्शले ३, तरण लौङ्गानीले २ र म्याथ्यू जेम्स क्लेटनले १ रन बनाए। यो खेलमा हङकङले अतिरिक्त पाँच रन पाएको छ।
बलिङतर्फ नेपालका कप्तान अभिषेक तिवारी र अफरुद्दिन रेनले समान २/२ विकेट लिए। राजेश बोहरा, दीपक सेराला र सन्तोष यादवको नाममा समान १/१ विकेट रह्यो।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाउँदै २५५ रन बनाएको थियो।
नेपालले पहिलो खेलमा हङकङलाई तीन विकेटले र दोस्रो खेलमा २२६ रनले पराजित गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
