आधिकारिक प्रणालीबाट प्रक्रिया पूरा नगरी पुरानो बसपार्कमा निर्माणाधीन व्यापारिक भवनको नक्सा स्वीकृति गरेको भन्दै काठमाडौँ महानगरले प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही सिफारिस गरेको छ।
काठमाडौँ– काठमाडौँ महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कारबाही सिफारिस गरेको छ।
काठमाडौँ–२८ पुरानो बसपार्कमा निर्माणाधीन व्यापारिक भवनको नक्सा पास गर्ने क्रममा प्रक्रिया विपरीत काम गरेको भन्दै काठमाडौँ महानगरले उनलाई आवश्यक छानबिन गरी कारबाही गर्न सम्बन्धित निकायलाई सिफारिस गरेको हो।
महानगरपालिका प्रवक्ता नवीन मानन्धरका अनुसार काठमाडौँ महानगरको आधिकारिक नक्सा पास प्रणालीबाट उक्त भवनको नक्सा स्वीकृत भएको छैन। तर प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले आधिकारिक प्रणालीबाट प्रक्रिया नै पूरा नगरी नक्सा स्वीकृति गरेका छन्।
ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिले गत वर्ष कात्तिक १ गते नक्सा पास म्याद थप तथा नक्सा संशोधन गर्न निवेदन पेश गरेको थियो। त्यसपछि काठमाडौँ महानगर आधिकारिक नक्सा पास प्रणालीमार्फत नक्सा पास प्रक्रिया अगाडि बढाएको थियो। सोही प्रक्रियामा १२ तल्लाको नक्सा पास प्रक्रिया अगाडि बढाउनु पर्नेमा १९ तलाको संशोधित नक्सा पेश गरेको थियो। तर सो नक्सा २०७४ वैशाख ८ गते दुवै पक्षबीच भएको सम्झौता विपरीत भएकाले नक्सा संशोधन प्रक्रिया रोकिएको प्रवक्ता मानन्धरको भनाइ छ।
काठमाडौँ महानगरले आधिकारिक नक्सा पास प्रणालीबमोजिम गत वर्ष फागुन २२ देखि प्राविधिक कारणले रोकिएको प्रक्रिया विद्युतीय नक्सा पास प्रणालीमा मिति भदौ २० गते प्रमुख प्रशासकीय अधिकृतले विभागीय प्रमुखलाई फर्वाड गरिएको देखिन्छ। असोज १० गते विभागीय प्रमुखले रजिस्ट्रेसन डेस्क, वार्ड इन्जिनियर हुँदै पुनः विभागीय प्रमुखकहाँ फर्वाड गरेको देखिन्छ। यो प्रक्रिया शुक्रबारसम्म काठमाडौँ महानगरको आधिकारिक नक्सा पास प्रणालीमा विभागीय प्रमुखको डेस्कमै रहेको देखिन्छ।
“उल्लेखित बेहोराबमोजिम सो भवनको नक्सा हालसम्म स्वीकृत भएको छैन। तर भवन निर्माणको नक्सा पास कागजातगतको अनुमति पत्रमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले आधिकारिक प्रणालीबाट प्रक्रिया नै पूरा नगरी नक्सा स्वीकृति गरेको देखिन्छ,” प्रवक्ता मानन्धरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यस विषयमा थप छानबिन गरी नियम विपरीत कार्य गर्ने जो कसैलाई कानून बमोजिम कारबाही प्रक्रियाका लागि सम्बन्धित निकायमा सिफारिस गरिन्छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
