राष्ट्रपति जोको विडोडोले घटनाको अनुसन्धान नसकिँदासम्म इन्डोनेसियामा प्रमुख लिगका कुनै पनि प्रतिस्पर्धा नगराउन निर्देशन दिएका छन्।
इन्डोनेसियाको पूर्वी जाभा प्रान्तको मलाङ सहरस्थित कन्जुरुहान रंगशालामा भागदौड मच्चिँदा २ जना प्रहरीसहित १७४ जनाको मृत्यु भएको छ। ३ सय जनाभन्दा बढी घाइते भएका छन्। तीमध्ये १८० जनाको अवस्था गम्भीर रहेको जाभा प्रान्तका प्रहरी प्रमुख निको अफिन्टाले बताएका छन्।
कतिपयको अस्पताल लैजाने क्रममा बाटोमै र कतिपयको उपचारकै क्रममा ज्यान गएको बताइएको छ। मृतक संख्या बढ्नसक्ने स्थानीय प्रहरीको भनाइ छ।
इन्डानेसिया प्रिमियर लिगमा पर्सिबाया सुरबायाले अरिमा मलाङलाई ३–२ गोल अन्तरले हराएपछि अरिमाका समर्थक विरोधमा मैदानमै उत्रिएर हुलदंगा मच्चाएका थिए। अरिमा र सुरबाया समूहका समर्थकबीच यसअघि पनि बेला-बेला हिंसात्मका घटना हुँदै आएका थिए।
दर्शक मैदानमै उत्रिएपछि प्रहरीले 'टियर ग्यास' प्रहार गरी भीडलाई तितरबितर पारेको थियो। त्यसक्रममा आत्तिएका मानिसबीच भागदौड मच्चिँदा सयौँ दर्शक रंगशालाबाट बाहिरिने एउटै बिन्दुमा थुप्रिएका थिए।
त्यस क्रममा अक्सिजनको कमीले निसास्सिएर भुइँमा ढलेकामध्ये ३४ जनाको तत्काल मृत्यु भएको स्थानीय प्रहरीको भनाइ उद्धृत् गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। रंगशालाभित्र दुई पक्षका समर्थकबीच कुटाकुटसमेत भएका खबर बाहिरिएका छन्।
इन्डोनेसियन फुटबल एसोसिएसनले हिंसात्मक घटनाको अनुसन्धानका लागि छानबिन समिति गठन गरिएको जनाएको छ। इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले घटनाप्रति दुःख व्यक्त गर्दै अनुसन्धान नसकिँदासम्म इन्डोनेसियामा प्रमुख लिगका कुनै पनि प्रतिस्पर्धा नगराउन निर्देशन दिएका छन्।
कन्जुरुहान रंगशालामा ३८ हजार दर्शक अट्ने क्षमता भए पनि ४२ हजार जनाले टिकट काटेको इन्डोनेसियाका रक्षामन्त्री महफुद एमडीले जनाएका छन्। रंगशालामा हिंसा भड्किने आशंकामा पर्सेबाया सुरबायाका समर्थकलाई टिकट किन्न रोक लगाइएको थियो।
रंगशालामा लामो समयपछि यस्तो हिंसात्मक घटना भएको हो। यसअघि सन् १९८९ मा शेफिल्स हिल्सबरो रंगशालामा हुलदंगा हुँदा लिभरपुलका ९७ समर्थकको मृत्यु भएको थियो। त्यसअघि पनि सन् १९६४ मा लिमामा भएको ओलम्पिक क्वालिफायरमा पेरु र अर्जेन्टिनाबीचको म्याचमा भागाभाग हुँदा ३२० जनाको ज्यान गएको थियो भने एक हजारभन्दा बढी घाइते भएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
