जफत गरिएको मल साल्ट ट्रेडिङको अनुदान प्राप्तमध्येकै रहेको सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्रकुमार यादवले बताए।
सप्तरी– सप्तरीमा अनुगमनका क्रममा भेटिएको ४०० भन्दा बढी बोरा रासायनिक मल जफत गरिएको छ। बजार अनुगमन टोलीले मंसिर १९ देखि पुस ३ गतेसम्ममा ४१५ बोरा मल जफत गरेको हो।
बुधबार टोलीले बोदेबरसाइन नगरपालिका–५ मा माँ डाक्नेश्वरी ट्रेडर्समा छापामारी ५६ बोरा रासायनिक मल जफत गरेको सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्रकुमार यादवले बताए।
उनका अनुसार डाक्नेश्वरी नगरपालिका–५ मा दर्ता रहेको उक्त टेड्रर्सले कालोबजारी गरी मल बिक्री गर्दै आएको थियो। मंसिर १९ गते डाक्नेश्वरी नगरपालिका–९ को आदर्श ट्रेडर्स एन्ड सप्लायर्सबाट २२० बोरा र हनुमाननगर कङ्कालिनी नगरपालिका–७ का सत्यनारायण यादवको घरबाट मंसिर २६ गते १३९ बोरा मल जफत गरिएको थियो।
जफत गरिएको मल साल्ट ट्रेडिङको अनुदान प्राप्तमध्येकै रहेको सहायक प्रमुख जिल्ला अधिकारी यादवले बताए। सो मल जफत गर्ने बेला सम्बन्धित व्यक्ति नभेटिएकाले कोही पनि पक्राउ नपरेको उनले जानकारी दिए।
अनुगमनका क्रममा बिल बीजकबिना कारोबार गर्दै आएका चार वटा संस्थालाई जरिबानासमेत गरिएको छ। हनुमाननगर कङ्कालिनी नगरपालिका–९ को नर्सिङ कृषि संस्था लिमिटेड, जयबाबा गणिनाथ उपभोक्ता संस्था लिमिटेड, हंस उपभोक्ता संस्था लिमिटेडलाई ५ हजार रुपैयाँ र कृति टेड्रर्स राजविराजलाई २० हजार रुपैयाँ जरिबाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी यादवले बताए।
“जरिबाना गरिएकाहरूले जरिबाना बुझाइसकेका छन्। मल जफत गरिएका संस्थाका व्यक्तिहरू तत्काल नभेटिएकाले त्यसमा कानूनबमोजिम कारबाही अगाडि बढाइएको छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
