बाजुराको गोत्री केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४:१४ बजे भूकम्प गएको हो। भूकम्प गएपछि सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए। 

बाजुरा– बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको छ। 

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४:१४ बजे भूकम्प गएको हो। भूकम्प गएपछि सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए। 

पुनः भूकम्प आउने डरले स्थानीय त्रासमा रहेका छन्। भूकम्पबाट के कति क्षति भयो , भन्नेबारे यकिन हुन नसकेको केन्द्रले जनाएको छ।