नेपालमा पाइने चार प्रजातिका सारसमध्ये लक्ष्मण सारस आगन्तुक प्रजाति रहेको छ। सन् २००६ मा पहिलो पटक यो प्रजातिको सारस भजनीको मन्त्रीफाँटामा देखापरेको थियो।
कञ्चनपुर– कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा आगन्तुक लक्ष्मण सारस आइपुगेका छन्। कैलालीको टीकापुर नगरपालिकाको श्रीलंका टापुस्थित नदीको तटीय क्षेत्रमा लक्ष्मण सारस देखा परेका हुन्।
चार वर्षदेखि निरन्तर रूपमा यो प्रजातिको सारस कर्णाली नदीको तटीय क्षेत्रमा देखा पर्दै आएको नेपाल पंछी संरक्षण संघ (विसिएन) का चरा विज्ञ हिरुलाल डगौराले बताए।
नेपालमा पाइने चार प्रजातिका सारसमध्ये लक्ष्मण सारस आगन्तुक प्रजाति रहेको छ। सन् २००६ मा पहिलो पटक यो प्रजातिको सारस भजनीको मन्त्रीफाँटामा देखापरेपछि अभिलेखीकरण गरिएको थियो। त्यसको १८ वर्षपछि मात्रै यो प्रजातिको सारस देखा परेको थियो।
सन् २०२१ देखि हिउँद याममा लक्ष्मण सारस निरन्तर रूपमा देखा पर्दै आएको चराविज्ञ डगौरा बताउँछन्। उनका अनुसार समूहमा रहने भएकाले यसलाई सामाजिक पंछीका रूपमा चित्रण गर्ने गरिन्छ। साइवेरियालगायत उत्तरी ध्रुवमा चिसो बढेसँगै नेपाल, भारत, पाकिस्तानलगायत गर्मी हुने तराई क्षेत्रमा बसाइँ सर्ने यो पंछी नेपालका महाकाली, कर्णाली, कोशी, नारायणी, राप्तीलगायत नदी तटीय क्षेत्रमा देख्न सकिन्छ।
कहिलेकाहीँ कञ्चनपुरका सनवोरा, स्यालीलगायत नदी तटीय क्षेत्रमा पनि यस प्रजातिको सारस देखा पर्ने गरेको चरा संरक्षणकर्मी सुवन चौधरीले बताए। गतवर्ष स्याली नदीको बगरमा सयौँको संख्यामा लक्ष्मण सारस देखा परेको उहाँले उल्लेख गर्नुभयो। यलाई अंग्रेजीमा कमन क्रेन (ग्रस ग्रुस) भन्ने गरिन्छ। सारस प्रजातिमध्ये यो मध्यम आकारको रहेको छ।
यसको शरीरको तौल औसत चारदेखि पाँच किलोग्रामसम्म र शरीरमा रहेका प्वांखको रङग खरानी किसिमको हुन्छ। यस्तै, टाउकोमा कालो, रातो र आँखाको पछाडिबाट माथिल्लो भागसम्म फैलिएको सेतो धर्कासहित कालो रङको हुन्छ। यस चराले साइवेरियालगायत ठाउँका ताल तलैया, सीमसार क्षेत्रमा प्रजनन गरी बच्चा कोरल्ने गरेको चराविज्ञहरूको भनाइ छ।
उत्तरी ध्रुवमा हिमपात भएपछि अनुकूल मौसम, सुरक्षित बासस्थान र चरनको खोजीमा यो प्रजातिको सारस बर्सेनि नेपाल हुँदै भारत र श्रीलंकातर्फ जाने गरेका छन्। सोही क्रममा ती चरा अनुकूल स्थान पाएमा नेपालमा पनि बस्ने गरेका छन्। “सारसलाई सिमसार क्षेत्रको सूचक प्रजाति मान्ने गरिन्छ। सारसको उपस्थितिले सिमसार क्षेत्र र पारस्थितीय प्रणाली स्वस्थ रहेको बुझाउने गर्छ,” डगौराले भने,“यी चराले सर्पको संख्या नियन्त्रण गर्नुका साथै कृषिबालीका लागि हानिकारक शंखेलगायतका अन्य प्रजातिका कीरा खाएर अन्न उत्पादनमा सहयोग गर्ने गरेका छन्।
यसका साथै बाघ, चितुवाजस्ता हिंसक जनावर नजिक आउन लागेमा सारसले कराएर जानकारी दिने र आक्रमण हुनबाट जोगाउने गरेको पनि जानकारहरू बताउँछन्। गर्मी शुरू हुन थालेपछि चैतअघि नै सारस पुरानै बासस्थानमा फर्किने गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
