समानुपातिकतर्फका सांसदको घोषणा गर्दै आयोग

निर्वाचन आयोगले समानुपातिकतर्फ प्रतिनिधिसभाका ११० र प्रदेशसभाका २२० सिटमा निर्वाचित हुने सांसदकाे नामावली सार्वजनिक गर्दै छ।

काठमाडौँ– निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ चयन भएका सांसदको घोषणा गर्दै छ। 

बुधबार साढे १ बजे पत्रकार सम्मेलन गर्दै आयोगले समानुपातिकतर्फका सांसदको नामावली सार्वजनिक गर्न लागेको हो। प्रतिनिधिसभाका ११० र प्रदेशसभाका २२० सिटमा समानुपातिक सांसद निर्वाचित हुने व्यवस्था छ।

निर्वाचित सांसदलाई आयोगले आजै प्रमाणपत्र दिनेसमेत तयारी गरेको छ। बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचनको अन्तिम परिणाम बुझाउने कार्यक्रम छ।