एनपीएल: उपाधि जित्न जनकपुरलाई १८५ रनको लक्ष्य

टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको हो। 

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १८५ रनको लक्ष्य दिएको छ। 

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको हो। 

सुदूरपश्चिमका सैफ अली जैबले सर्वाधिक ६९ रन बनाए। विनोद भण्डारीले ४१ रनको योगदान दिए। 

जनकपुरका किशोर महतो र मोहम्मद मोहसिनले समान ३–३ तथा ललित राजवंशी र जिम्मी निसामले १–१ विकेट लिए।