चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न तथा नगर क्षेत्रका नागरिकको जीवनस्तरमा सुधार ल्याउन बजेट संशोधन गरी वृद्धि गरिएको उपमहानगरका प्रवक्ता सबिन न्यौपानेले जानकारी दिए।
बागमती– हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ का लागि करिब २० करोड बजेट वृद्धि गरेको छ।
हेटौँडा उपमहानगरको नगरसभाको १६औँ अधिवेशनको बैठकले चालु आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजित बजेटमा १९ करोड ९७ लाख रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको हो। उपमहानगरको गत असार १० गतेको नगरसभाले चालु आर्थिक वर्ष २०८१/८२ का लागि दुई अर्ब ५२ करोड रुपैयाँ बरारबको बजेट विनियोजन गरेको थियो।
चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न तथा नगर क्षेत्रका नागरिकको जीवनस्तरमा सुधार ल्याउन बजेट संशोधन गरी वृद्धि गरिएको उपमहानगरका प्रवक्ता सबिन न्यौपानेले जानकारी दिए।
विभिन्न विषयगत समितिबाट पेश भएअनुसार कर्मचारी तथा जनप्रतिनिधिको तलब भत्ता, सवारी इन्धन तथा मर्मत, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च, ईसीडी शिक्षक र विद्यालय कर्मचारी प्रोत्साहन, बालमैत्री स्थानीय शासन अभियान, बहुवर्षीय योजनाको भुक्तानीलगायत लागि चालु वर्षमा वृद्धि गरिएको प्रवक्ता न्यौपानेले बताए। नदीजन्य पदार्थको उत्खनन तथा बिक्री वितरण, आन्तरिक राजस्वस्रोत तथा संघ र प्रदेश सरकारसँगको समन्वयमा सो बजेट रकम व्यवस्थापन गरिने उनको भनाइ छ।
हेटौँडा उपमहानगरले चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनाको अवधिमा विभिन्न शीर्षकबाट २० करोड ६२ लाख १७ हजार राजस्व संकलन गरेको जनाएको छ। यस्तै, सो अवधिमा चालु आर्थिक वर्ष २०८१/८२ को कुल बजेटमध्ये २१.१२ प्रतिशत खर्च भएको उपमहानगरपालिकाले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
