पृथ्वी–अवलोकन गर्न उपग्रह प्रक्षेपण गर्दै भारत र अमेरिका

निसार स्याटेलाइट भारतको दक्षिणपूर्वी तटमा रहेको सतीश धवन स्पेस सेन्टरबाट प्रक्षेपण हुनेछ। 

नासा र भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले मार्च २०२५ मा शक्तिशाली पृथ्वी–अवलोकन उपग्रह प्रक्षेपण गर्ने लक्ष्य राखेका छन्।

नासा–इसरो सिंथेटिक अपर्चर रडार (निसार)ले ग्रहको पारिस्थितिक प्रणाली, भूमि र समुद्री बरफ र पृथ्वीका परिवर्तन मापन गर्न प्रत्येक १२ दिनमा दुई पटक पृथ्वीको लगभग सबै जमिन र बरफको सतह स्क्यान गर्नेछ। निसार स्याटेलाइट भारतको दक्षिणपूर्वी तटमा रहेको सतीश धवन स्पेस सेन्टरबाट प्रक्षेपण हुनेछ।

नासाका अनुसार निसारको अवलोकनले विश्वभरका अन्वेषकलाई ग्रहको सतहमा आइसफिट, हिमनदी र समुद्री बरफ लगायतका परिवर्तनबारे राम्ररी बुझ्न मद्दत गर्नेछ। यसबाट मानवतालाई फाइदा पुग्नेछ।

यसले पृथ्वीको वन र सिमसार पारिस्थितिक प्रणालीमा भएका परिवर्तनका साथै भूकम्प, पहिरो र ज्वालामुखी गतिविधिको पनि निगरानी गर्ने छ।