मलेसियामा आगामी जनवरीमा हुने महिला यू१९ विश्वकपका लागि नेपाली टोलीको बन्द प्रशिक्षण चितवनमा हुने भएको छ।
चितवन– मलेसियामा आगामी जनवरीमा हुने महिला यू१९ विश्वकपका लागि नेपाली टोलीको बन्द प्रशिक्षण चितवनमा हुने भएको छ।
भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमूना खेल मैदानमा प्रशिक्षण हुने चितवन क्रिकेट संघका अध्यक्ष सुदीप पियाले जानकारी दिए।
यही पुस १० देखि २२ गतेसम्म हुने बन्द प्रशिक्षणमा १८ खेलाडीसहित २३ जना सहभागी हुनेछन्।
भरतपुर महानगर प्रमुख रेनु दाहालले नेपाल क्रिकेट संघ (क्यान)को आग्रहअनुसार मैदान उपलब्ध गराइएको बताइन्।
उनले सन् २०२७ मा नेपाल र बांग्लादेशमा तय भएको महिला यू१९ विश्वकपका खेल यही रंगशालामा आयोजना गर्ने गरी महानगरले तयारी गरिरहेको पनि बताइन्। यसका लागि क्यानसँग पहल भइरहेको महानगर प्रमुख दाहालले जानकारी दिइन्।
यसअघि नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली चितवन राइनोजले पनि यही रंगशालामा प्रशिक्षण गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
