एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले कार जितेका छन् भने अन्य खेलाडीले के पाए पुरस्कार?
काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल)मा उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडी दीपेन्द्रसिंह ऐरीले कार पुरस्कार प्राप्त गरेका छन्।
सुदूरपश्चिम रोयल्सका कप्तान ऐरीले नेपाली बजारमा ६२ लाख रुपैयाँ मूल्य पर्ने ओमोडा इ–फाइभ डीएलक्स कार प्राप्त गरेका हुन्।
टोलीलाई फाइनलसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेका दीपेन्द्रले प्रतियोगिताभर कुल २२७ रन बनाएका थिए। उनले खेल अवधिभर बलिङतर्फ ९ विकेटसमेत लिएका थिए।
अल्ट्राभाइलेट इलेक्ट्रिक बाइक ललित राजवंशीले जितेका छन्। ललितले उत्कृष्ट बलरबापत नगद पाँच लाख पुरस्कार पनि प्राप्त गरे। उनले १० खेलमा १७ विकेट लिए। सुदूरपश्चिमका स्कट कुगेलेइन पनि समान १७ विकेट लिएका थिए।
सुदूरपश्चिमका सैफ जैब प्लेयर अफ दि टुर्नामेन्ट भए। प्रतियोगिताभर २७५ रन र १२ विकेट लिएका उनले पाँच लाख रुपैयाँ पाए।
एनपीएलमा कुल ३४ चौका प्रहार गरेका लाहिरु मिलान्थताले म्याक्स फोर अफ टुर्नामेन्टको अवार्ड प्राप्त गरे। उनले दुई लाख रुपैयाँ पुरस्कार पाए।
२०४ भन्दा माथिको स्ट्राइकरेट भएका जनकपुर बोल्ट्सका जिम्मी निशम बेस्ट ब्याटर बने। उनले पनि दुई लाख रुपैयाँ नगद पाए।
१६ वर्षीय कर्णाली याक्सका खेलाडी विपिन शर्माले उदीयमान खेलाडी घोषित भए। उनले कर्णालीलाई प्लेअफमा पुर्याउन १३ विकेट लिएका थिए। उनले ५० हजार रुपैयाँ नगद र प्रेजिडेन्सियल कलेजमा दश लाखको छात्रवृत्ति प्राप्त गरे।
एनपीएलमा लुम्बिनी लायन्सले फेयर प्ले अवार्ड जितेको छ।
शनिबार भएको फाइनलमा सुदूरपश्चिमलाई ५ विकेटले पराजित गर्दै जनकपुर पहिलो संस्करणको एनपीएल च्याम्पियन बन्यो।
एनपीएल च्याम्पियन जनकपुरले एक करोड १० लाख रुपैयाँ र उपविजेता बनेको सुदूरपश्चिमले ५० लाख पुरस्कार प्राप्त गरे।
उपाधि विजेता जनकपुरका कप्तान आसिफ शेखले यो लिग जित्दा एकदमै खुशी लागेको प्रतिक्रिया दिए। उनले भने, “जित हासिल गर्न पाउँदा एकदमै उत्साहित छु।”
सुदूरपश्चिम रोयल्सका कप्तान ऐरीले खेलमा हार जित भइरहने र अर्को पटक राम्रो प्रयास गर्ने प्रतिक्रिया दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
