जर्मनीको एक व्यस्त क्रिसमस बजारमा एक व्यक्तिले अन्धाधुन्ध कार चलाउँदा पाँच जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन्।
जर्मनीको एक क्रिसमस बजारमा एक व्यक्तिले अन्धाधुन्ध कार चलाउँदा पाँच जनाको मृत्यु भएको छ। साथै उक्त घटनामा २०० भन्दा बढी घाइते भएको स्याक्सोनी–अनहाल्ट राज्यका प्रमुख रेनर हसेलोफले शनिबार जानकारी दिए।
सुरक्षाकर्मीले म्याग्डेबर्गको हमला भएको ठाउँबाट ५० वर्षीय एक व्यक्तिलाई पक्राउ गरी सोधपुछका लागि हिरासतमा लिएको बताएका छन्।
ती संदिग्ध व्यक्ति ५० वर्षीय साउदी डाक्टर रहेको र उनी सन् २००६ मा जर्मनी आएको स्याक्सोनी-अनहाल्ट राज्यका आन्तरिक मामिलामन्त्री तामारा जिस्चाङले पत्रकार सम्मेलनमा बताइन्। उनले म्याग्डेबर्गबाट करिब ४० किलोमिटर (२५ माइल) दक्षिणमा रहेको बर्नबर्गमा चिकित्सा अभ्यास गर्दै आएको समेत उनले बताइन्।
पूर्वी शहर म्याग्डेबर्गमा आएका जर्मन चान्सलर ओलाफ स्कोल्जले मृतकका आफन्तजनप्रति समवेदना प्रकट गरेका छन्। घटनामा करिब ४० जना गम्भीर घाइते भएका र सरकारले उनीहरूको उपचारको व्यवस्था मिलाएको उनको भनाइ छ। साथै, उनले ‘भयानक आक्रमण’को निन्दा गरेका छन्।
चान्सलर स्कोल्जले यति धेरै मानिस हताहत भएको ‘भयानक आक्रमण’बारे जर्मनीले ‘उचित कानूनी दण्ड’द्वारा जवाफ दिने प्रतिबद्धता व्यक्त गरे।
जर्मनीमा आप्रवासन र सुरक्षाको विषयमा चर्को बहस भइरहेका बेला स्कोल्जले राष्ट्रिय एकताका लागि आह्वान गरेका छन्।
“हामी एक देशका नागरिकका रूपमा सँगै बस्छौँ, एकसाथ रहन्छौँ तर आफ्नै समुदायविरुद्ध हतियारहरूको प्रयोग गर्छौं, के यो घृणा होइन?” उनले भने, “विश्वका धेरै मुलुकबाट ऐक्यबद्धता आएको छ। हामी जर्मनहरू यस भयानक विपत्तिको सामना गर्न एक्लो छैनौँ।”
यसअघि सन् २०१६ मा बर्लिनको क्रिसमस बजारमा जिहादी समूहले आक्रमण गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
