भारतको पलिया बजारनजिक गाडी दुर्घटना हुँदा सुदूरपश्चिमका राज्यमन्त्री प्रकाश बमसहित ३ जना घाइते भएका छन्।
सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम गाडी दुर्घटनामा घाइते भएका छन्।
राज्यमन्त्री बम सवार प्रदेश ३—०१—०२४ च नम्बको गाडी शनिबार साँझ भारतको पलिया बजारनजिक दुर्घटनामा परेको कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।
दुर्घटनामा राज्यमन्त्रीकी श्रीमती कल्पना बम र सहयोगी पदम देउवा पनि घाइते भएका छन्। सबै घाइतेको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार जारी छ। राज्यमन्त्रीको अवस्था सामान्य छ।
भारतको खिरी जिल्लास्थित पलिया बजारमा किनमेल गरेर फर्किने क्रममा दुर्घटना भएको बताइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
