अलैँची प्रतिमन १ लाख १५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अलैँची खरिद गर्न व्यवसायी गाउँमै पुग्ने गरेका छन्।
मंगलबारे– नेपालमा केही गर्न सकिएन। राज्यले केही पनि गरेन भन्ने जमात उस्तै छ। तर गर्नसके कसैको मुख नताकी वार्षिक लाखौँ रुपैयाँ कमाउनेहरू पनि नेपालमा उत्तिकै छन्। कृषि पेसा गरेर मनग्य कमाउने किसान गाउँमा नै रमाइरहेका छन्।
यस्को उदारहण बनेका छन्, इलामको सन्दकपुर गाउँपालिका–२ का गिरीराज खनाल। उनले यसै वर्ष ३४ लाख रुपैयाँभन्दा बढीको अलैँची उत्पादन गरेका छन्। सन्दकपुर–२ माइमझुवाका किसान खनालले मकैबारी मासेर लगाएको खेतीबाट ३० मन अलैँची उत्पादन गरेको बताए। अलैँचीको मूल्य हाल १२ वर्षयताकै उच्च छ। अलैँची प्रतिमन १ लाख १५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। ३० मन अलैँचीको प्रतिमन १ लाख १५ हजारको मूल्यले पनि ३४ लाख ५० हजार पर्न जान्छ। यो उनको एक वर्षको आम्दानी हो।
खनालले लामो समयदेखि अलैँचीखेती गर्दै आएका छन्। बीचमा अलैँची मासिँदा पनि आफूले सो खेती नछाडेको उनले बताए। दानाबाट समेत अलैँची उत्पादन गरेर जिल्ला तथा जिल्ला बाहिरका किसानसमक्ष बिरुवा पुर्याए।
धेरै मिहिनेत नलाग्ने अलैँचीखेतीबाट मनग्य आम्दानी लिन सकिने उनी बताउँछन्। बिरुवा रोप्दा बारी फडानी गर्न र बिरुवा लगाउन धेरै खर्च हुने भए पनि त्यसपछि अलैँची उत्पादन भएपछि टिप्न र छोडाउन मात्र खर्च हुने गरेको किसान खनालको भनाइ छ। बीचमा गोडमेल, मलजल र पानी लगाउनुपर्ने हुन्छ। सो कार्यमा खास खर्च नलाग्ने उनले सुनाए।
हाल खनालले ३३ रोपनी र २४ रोपनीका दुई प्लटमा अलैँची खेती गरेका छन्। हिउँदको समयमा तुसारो पर्ने भएकाले यसबाट जोगाउन ‘ग्रीन नेट’ लगाउने गरिन्छ। आगामी वर्षदेखि उत्पादन बढ्ने उनले बताए। अलैँची लगाएको तीन वर्षदेखि उत्पादन शुरू हुन्छ।
खनाल पूर्व वडाध्यक्षसमेत हुन्। राजनीति गर्ने मान्छेले केही न केही काम गर्नुपर्ने उनी बताउँछन्। राजनीति गर्न खर्च आवश्यक पर्ने भएकाले पनि आफूले कृषि पेसा गर्ने गरेको उनले बताए। खनाल जस्तै जिल्लाका अन्य किसानले समेत यस वर्ष अलैँचीबाट मनग्य आम्दानी गरेका छन्।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार बर्सेनि ४ अर्ब १५ करोड बराबरको अलैँची भारत निर्यात भइरहेको छ। चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनामा ७८३.७५ मेट्रिक टन अलैँची मेची भन्सारबाट निर्यात भएको छ। यो अघिल्लो वर्षको तुलनामा ४९ प्रतिशत कम हो। आव २०८०/८१ मा एक हजार ५२५.९६ मेट्रिक टन अलैँची निर्यात भएको तथ्यांकमा उल्लेख छ।
अलैँची औषधीय गुण भएको नगदेबाली हो। यसबाट विशेषगरेर औषधिजन्य वस्तु निर्माण हुने गरेका छन्। गर्मीमा अलैँचीलाई शीतलता प्रदानका लागि प्रयोग गर्ने गरिन्छ। मसलाका रूपमा पनि अलैँचीलाई प्रयोग गर्ने गरिन्छ। गाउँघरमा विशेष गरेर मासु पकाउँदा अलैँचीलाई जिरासँग मिसाएर पकाइने गरिन्छ। सर्वत पानीमा समेत यसलाई प्रयोग गरिन्छ। तर नेपालबाट विदेश निर्यात हुने अलैँचीबाट अत्तर (पर्फ्युम)समेत निर्माण हुने गरेको छ।
भारतको बाटो भएर विदेश निर्यात हुने अलैँची धेरै मात्रामा चाहिँ औषधिका रूपमा प्रयोग हुने गरेको छ। नेपालमा अलैँची प्रशोधन नहुँदा पनि समस्या भइरहेको छ। झापामा एउटा प्रशोधन केन्द्र भए पनि यो पर्याप्त नभएको व्यवसायीको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
